काठमाडौं । काठमाडौंमा आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ परेका छन् ।
आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पुरुषलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ ।
ती पुरुषले डरत्रास धाकधम्की दिई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया