कोभिड वार्डबाट ड्युटी सकी घर फर्किँदै गरेका राजवशीमाथि प्रहरीको निर्घात कुटपिट

काठमाडौं । रातको ९ बजेको थियो ।

कोसी अस्पतालको कोभिड वार्डमा काम सकेर नियमित झै घर फर्किँदै थिए । विराटनगरको देवकोटा चोकमा प्रहरीको चेकिङ्ग भइरहेको टाढैबाट देखे । नजिकै पुगेपछि मोटरसाइकल रोके । करिब ६-७ जना प्रहरीहरु थिए ।

बाटोको दुई तर्फ चेक गर्दै थिए । मेरो साइड पट्टी २ जना प्रहरी थिए । मैले मोटरसाइकल रोक्ना साथ केही नभनि लाठी चार्ज गर्नुभयो । कुटाइ खादै गर्दा मैले धेरै पल्ट म स्वास्थ्यकर्मी हुँ ड्यूटीबाट आएको भन्दै कराए तर उनीहरु रोकीएनन् ।

हात र तिघ्रामा भाटाले १०-१२ पटक हने ।

छेउमै भएकी  महिला प्रहरी पनि नहान नहान भन्दै कराएकी थिइन् । मैले म स्वास्थ्यकर्मी हुँ कोभिड वाडबाट भर्खरै काम सकेर आएको हुँ भन्दा पनि उनीहरुले रातको समयमा हिँड्ने भन्दै कुटे ।

त्यसपछि म पुन अस्पताल नै फर्कीएर र सबै जनालाई घटनाको बारेमा जानकारी गराए ।

  • यो थियो प्रहरीको कुटाइ खाने सिनियर अहेब अशोक राजवशीले लोकपथलाई बताएका घटनाको विवरण ।

कुटपिट बारे के भन्छ प्रहरी ?

अशोक राजवशीले चेकजाँचको क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक डिएसपी मानबहादुर राईका अनुसार चेकजाँचका क्रममा राजवशीले प्रहरीमाथि अभद्र व्यवहार गरेको र घटना भएको हो ।

चेकजाँचको क्रममा उहाँले मोटसाइकल नरोकी अपशब्द बोल्दै अगाडि बढ्न खोज्नेपछि सो घटना घटेको भन्ने विवरण आएको छ । थप के भएको हो भन्ने बारे अनुसन्धान भइरहेको डिएसपी राईले बताए ।

प्रहरीको कुटपिटबाट राजवंशीको खुट्टा र घुँडामा चोट लागेको छ । कुटपिट गर्ने प्रहरीलाई कारवाहीको दायरमा ल्याउन माग गर्दै राजवंशीले प्रहरीकोमा जाहेरी दिए दिएपछि प्रहरीले थप अनुसन्धान अगाडी बढाएको बताएको छ ।

ड्युटीमा खटिएको अवस्थामा सुरक्षाकर्मीबाटै कुटपिट हुनु आपत्तिजनक रहेको भन्दै कोसी अस्पतालका स्वास्थ्यकर्मीहरुले दोषीमाथि कारवाहीको माग गरेका छन् ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?