काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय ११ दिन थप्ने निर्णय गरिएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले बुधवार निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् । अब, जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने बताइएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख १६ गतेबाट उपत्यकामा निषेत्रधाज्ञा लागू गरिएको थियो । जारी निषेधाज्ञाको समयावधी जेठ २० गते भोलिबाट सकिँदैछ ।
कोरोना संक्रमणको जोखिम थप भएसँगै गत जेठ १४ गतेबाट थप कडाई गरिएको थियो । भने अब केहि खुकुलो हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया