डोल्पामा २ कांग्रेसः उम्मेदवार सिफारिशमा देखियो गाईजात्रा

डोल्पा, २१ असोज– डोल्पा कांग्रेसमा विवाद यस्तो छ कि जुन कुराको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार चयन गरिँदा छताछुल्ल भएको छ ।डोल्पा काङ्ग्रेसका प्रमुख नेताहरु बिच आन्तरिक बिवाद चुलिँदै गर्दा संघ र प्रदेशका उम्मेद्वार पनि प्यानलगत हिसाबमा सिफारिश गरिएको छ ।जिल्ला कार्यसमितिको निर्णय अनुसार क्षेत्र नं १ बाट वेगम सिंह ठकुरी र क्षेत्र नंं २ बाट कर्ण बहादुर बुढालाई प्रदेशको उम्मेद्वारको रुपमा केन्द्रमा शिफारिष गरिएको छ । यस्तै पार्टी सभापति अंगत कुमार बुढा प्रतिनिधि सभाका लागि एक्लो उम्मेद्वारको रुपमा शिफारिष भएका छन् ।तर, समानान्तर रुपमा पार्टी सचिव जयनन्द उपाध्याय,पुर्व पार्टी सभापति टंक प्रसाद उपाध्यायल,महा समिति सदस्य,तथा तरुण दल,नेबी संघ,महिला संघ,दलित संघ लगाएतका भातृ संगठनले सामुहिक असहमति जनाउँदै आफ्नै हिसावमा उम्मेद्वार शिफारिष गरेकोे छ ।समानान्तर बैठकबाट १ नंबर क्षेत्रबाट मिन कुमार शाही २ नंबर क्षेत्रबाट पुर्व पार्टी सभापति टंक प्रसाद उपाध्यायको नाम प्रदेशमा शिफारिष गरेर केन्द्रमा पठाएको सचिव जयनन्द उपाध्यायले जानकारी दिए ।यस्तै प्रतिनिधि सभाको उम्मेद्वारको रुपमा दिल बहादुर बिष्ट र सुरेश शाहीको नाम केन्द्रमा शिफारिष गरिएको छ ।यस्तै पार्टी सभापति अंगत कुमार बुढा प्रतिनिधि सभाका लागि एक्लो उम्मेद्वारको रुपमा शिफारिष भएका छन् ।तर, समानान्तर रुपमा पार्टी सचिव जयनन्द उपाध्याय,पुर्व पार्टी सभापति टंक प्रसाद उपाध्यायल,महा समिति सदस्य,तथा तरुण दल,नेबी संघ,महिला संघ,दलित संघ लगाएतका भातृ संगठनले सामुहिक असहमति जनाउँदै आफ्नै हिसावमा उम्मेद्वार शिफारिष गरेकोे छ ।समानान्तर बैठकबाट १ नंबर क्षेत्रबाट मिन कुमार शाही २ नंबर क्षेत्रबाट पुर्व पार्टी सभापति टंक प्रसाद उपाध्यायको नाम प्रदेशमा शिफारिष गरेर केन्द्रमा पठाएको सचिव जयनन्द उपाध्यायले जानकारी दिए ।यस्तै प्रतिनिधि सभाको उम्मेद्वारको रुपमा दिल बहादुर बिष्ट र सुरेश शाहीको नाम केन्द्रमा शिफारिष गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?