नुवाकोटको बेलकोटगढीका १२ वटै वडामा स्वास्थ्य सामाग्री हस्तान्तरण

लोकपथ
147
Shares

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिकाको १२ वटै वडामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीको पहलमा नेपाली कांग्रेस क्षेत्र नं २ का प्रदेश सभापति एवम् गत स्थानीय निर्वाचनमा बेलकोटगढीको मेयरका उम्मेद्वार यादव नेपालको उपस्थितीमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

नगरपालिकाका १२ वटै वडा अन्तर्गत एञ्जलिना शिबशक्ति ट्रस्टको साथ र बोधिसत्व बिहारको सहयोगमा महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री, औषधि अक्सिजन उत्पादन गर्ने मेसिन समेत हस्तान्तरण गरिएको हो ।

बेलकोटगढी नगरपालिका ६ स्थित मालिका माध्यमिक विद्यायलमा एक कार्यक्रम गर्दै नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सचेन्द्र राय यादवको रोहोवरमा नगरपालिकाको १२ वटै वडा भित्र रहेका स्वास्थ्य चौकिमा स्वास्थ्य सामाग्री, औषधि र ३ वटा अक्सिजन उत्पादन गर्ने मेसिन वितरण गरेको कांग्रेस नेता नेपालले जानकारी दिए।

नेता नेपालका अनुसार अक्सिजन उत्पादन गर्ने मेसिन, अक्सिजन कन्सन्ट्रेटर बेलकोटगढी-३, ६ र ८ मा रहेको आइसोलेसन केन्द्रलाई हस्तान्तरण गरिएको छ।
कोरोना महामारीको यो अवस्थामा जिल्लामा कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि करिब ४२ लाखको लागतमा उक्त सामान नगरका स्वास्थ्य केन्द्रमा वितरण गरेको एञ्जलिना शिबशक्ति ट्रस्टका प्रतिनिधिले जानकारी दिएका छन् ।

त्यसैगरी आफ्नो व्यक्तिगत पहल र विभिन्न संस्थासँगको समन्वयमा नगरभित्र र बाहिर समेत सहयोग उपलब्ध गराइएको नेता नेपालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?