बुटवल । लुम्बिनी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ ।
लुम्बिनी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले आज दिउँसो १ बजेका लागि प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका हुन् ।
आजको बैठकमा प्रदेश प्रमुखले सभा सञ्चालनसम्बन्धी पठाएको पत्र पढेर सुनाउने, मन्त्रिपरिषद् हेरफेरको जानकारी, प्रदेशसभाका दुई सदस्यले पदबाट दिएको राजीनामासम्बन्धी जानकारी र दलका प्रमुख नेताहरुले शुभकामना दिने कार्यसूची छ ।
आजबाट सुरु हुने प्रदेशसभाको बैठकमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) लगायतका विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलको राजीनाको विषय चर्को रुपमा उठाउने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया