बुटवल । प्रहरीले फरार प्रतिवादी खोज्ने अभियानलाई तिव्रता दिएसँगै एकैदिन पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाइएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा तिलोत्तमा – ११ रुपन्देहीका रुपा बुढाथोकी भन्ने ५३ वर्षिय धन बहादुर बुढाथोकी, तिलोत्तमा – १६ का ५६ वर्षिय कन्हैया कुंवर जोगी, तिलोत्तमा – १६ का ३६ वर्षिय राजन चौधरी भन्ने वेनिराम कवर जोगी, गैडहवा – ८ का ३२ वर्षिय वलबिर कुमार सुनार र तिलोत्तमा – २ का ३४ वर्षिय बाबुराम वि.क. रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।
उनीहरुलाई जिल्ला अदालत रुपन्देहीमा कैद भुक्तानको लागि बुझाइएको प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरीले जिल्लामा अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने उद्देश्यका साथ २०७८ वैशाख १ गतेदेखि ‘फरार प्रतिवादीविरुद्धको अप्रेशन कार्यक्रम’ सञ्चालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया