मुख्यमन्त्री राईद्वारा बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा संसदीय दलका नेताहरुसँग छलफल

लोकपथ
221
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग मंगलवार छलफल गरेका हुन् ।

उनले आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका नेताहरुसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आंबो र राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता जयराम यादवको उपस्थिति थियो ।

छलफलका क्रममाा मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिए । सो क्रममा ढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शंका नर्गन समेत विपक्षी दलका नेताहरुलाई उनले आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?