काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्जवल थापाको निधनप्रति दुख व्यक्त गरेको छ ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आज शोक वक्तव्य जारी गर्दै उनको निधनबाट एक असल राजनीतिज्ञ गुमाएको बताएका छन् ।
‘नेपाली राजनीतिक क्षितिजमा नयाँ आशा र नयाँ दृष्टिकोणसहित उदाउँदै गरेका एक राजनीतिक, सामाजिक व्यक्तित्व विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्जवल बहादुर थापाको ४४ औँ वर्षको उमेरमा असामयीक निधनको खबरले नेकपा (एमाले) स्तब्ध भएको छ ।’ जारी विज्ञप्ति भनिएको छ ।
त्यस्तै थापाको निधनले नेपाली राजनीतिक क्षेत्रले लामो समयसम्म महसुस गर्ने तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैगरी एमालेले शोकको घडीमा रहेका परिवारजन र पार्टीपंक्तीप्रति गहिरो संवेदना व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया