थापाको स्मृती १३ औँ दिनमा एउटा वृक्षारोपण गर्न विवेकशील साझाको आह्वान

लोकपथ
126
Shares

काठमाडौं । विवेकशील साझा पार्टीले पार्टीका संस्थापक संयोजक उज्जवल थापाको निधनप्रति दुख व्यक्त गरेको छ ।

आज बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले तत्तकालिन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष समेत रहेका थापाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै पुरै पार्टी पंक्ती स्तब्ध भएको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै पार्टीले थापाको निधनको १३ दिनको पुण्य तिथिमा एउटा वृक्षारोपण गरेर उनीको स्मृती र सम्मान गर्न प्रत्येक सदस्य तथा सुभचिन्तकहरुमा आह्वान गरेको छ । साथै उनको जीवन र बिचारको विषयमा छलफल चलाउने निर्णय गरेको समेत विवेकशील साझाले जनाएको छ ।

‘बैठकले थापाको स्मृति तथा सम्मानका लागि १३ औँ दिनको पुण्य तिथिमा हाम्रा प्रत्येक सदस्य र शुभचिन्तकहरूलाई कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पङ्क्ति र सदस्यहरूलाई आह्वान गरेको छ। साथै, यही बिचमा पार्टीमा ूउज्वल थापाको जीवन र विचारू विषयमा छलफल र बहस चलाउने छ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेका थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको साझा विवेकशीले जनाएको छ ।

खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाव दिने विधि स्थापित गर्न उनको अहम् भूमिका रहेको छ।

त्यस्तै साझा विवेकशीलले थापाले अगालेको भएको सुसंस्कार, अहिंसा र निष्ठाको मार्गलाई अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने जनाएको छ ।

दुई साताअघि कोरोना संक्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा साँझ ४:२५ बजे निधन भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?