५८ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने पक्राउ

लोकपथ
861
Shares

काठमाडौं । सुनसरीमा ५८ वर्षीया महिलालाई जबरजस्ती करणी भएको छ । ५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धरान उपमहानगरपालिका-११ चाँदनी चोक बस्ने ३५ वर्षीय बल बहादुर थापालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

थापाले ती महिलालाई उनकै घरमा सुतीरहेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?