विवेकशील साझाका पूर्व संयोजक उज्जवल थापाको निधन

लोकपथ
140
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्जवल थापाको निधन भएको छ ।

लामो समयदेखि कोरोना संक्रमणसँग जुधिरहेका उनको मेडिसिटी अस्पतालमा इक्मो विधिबाट भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनको स्वास्थ्यमा भने सुधार आएको थिएन । आज ४ बजेर २५ मिनेट मा उपचारको क्रममा मेडिसिटी अस्पतालमा उनको निधन भएको विवेकशील साझाका संयोजक मिलन पाण्डेले जानकारी दिए हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?