आज पनि कोरोना जित्नेको संख्या धेरै : थप ६ हजार ८५ जनामा संक्रमण, ६८ सय बढी संक्रमणमुक्त

लोकपथ
70
Shares

काठमाडौं । केहि दिन यता नेपालमा कोरोना संक्रमित भन्दा कोरोना मुक्त हुनेको संख्या धेरै रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर कुल २० हजार १ सय ८५ जनाको कोरोना परीक्षणमा सो परिमाणमा संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ७ हजार ४ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?