कोरोनाका कारण थप ६८ जनाको मृत्यु

लोकपथ
945
Shares

काठमाडौं । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप ६८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ४ सय ५४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

केहि दिन यता नेपालमा कोरोना संक्रमित भन्दा कोरोना मुक्त हुनेको संख्या धेरै रहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर कुल २० हजार १ सय ८५ जनाको कोरोना परीक्षणमा सो परिमाणमा संक्रमित थपिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?