बाँकेमा आज थप सात जना संक्रमितको मृत्यु

लोकपथ
77
Shares

काठमाडौं । कोरोना सङ्क्रमणबाट बाँकेमा अहिलेसम्ममा ५८७ जनाको मृत्यु भएको छ । जिल्लाभित्रका २९५ र अन्य जिल्लाबाट आएका २९२ जनाको कोरोना सङक्रमणबाट मृत्यु भएको बताइएको छ ।

जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीका अनुसार आज मात्रै बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

सोमवार ५ः३० बजे साँझदेखि मङ्गलवार बिहान ८ बजेसम्म यी सङ्क्रमितको मृत्यु भएको छ । ओलीका अनुसार मृतकमध्ये दुई-दुई जना बाँके र बर्दिया तथा कैलाली, सल्यान र रोल्पामा एक-एक गरी सात जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?