एमाले बैठक : पार्टी विवादबारे के भयो कुरा ?

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमालेले पार्टीभित्रको विवाद अन्त्य गरि पार्टी एकतालाई जोगाउन अन्तिम अवस्थासम्म प्रयास गर्ने निर्णय गरेको छ ।

आज बसेको एमाले स्थायी कमिटी बैठकले पार्टी विवादबारे समिक्षा गर्दै त्यसबारे निर्णय गरेको परराष्ट्रमन्त्री समेत रहेका पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।

त्यसैगरी आजको बैठकमा संसद विघटन र त्यसपछिका राजनीतिक घटनाक्रमका बारेमा समेत समिक्षा भएको प्रवक्ता ज्ञवालीले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रवक्ता ज्ञवालीले भने- ‘पार्टीको आन्तरिक एकताका लागि भइरहेको छलफलबारे विवेचना भयो, एकता बचाउन नेतृत्व तहबाट अन्तिमसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?