जसपाको राजनीतिक लडाई : उपेन्द्र पक्षले पार्टिबाटै निकाल्यो अध्यक्ष ठाकुरसहित ४ नेतालाई

लोकपथ
84
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गरेको छ ।

आज बसेको जसपा उपेन्द्र(बाबुराम पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरसहित ४ नेताहरुलाई कारवाही गर्ने निर्णय गरेको हो ।

बहुमत कार्यकारिणी समितिका सदस्यहरु उपस्थित रहेको दाबी गरिएको उक्त बैठकले अध्यक्ष ठाकुरसहित नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ला पार्टी सदस्यबाटै निष्काशन गरिएको हो ।

त्यस्तै पार्टी सदस्यबाटै निष्काशन गरिएको पत्र निर्वाचन आयोगमा समेत बुझाइएको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?