काठमाडौं । चोरी गरि लुकाई राखेका मोटरसाइकलसहित २ जना पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-३२ नरेफाँट बस्ने पर्सा वीरगंज परवानीपुर स्थायी घर भएका २१ वर्षीय विशाल थापा मगर सहित २ जनालाई चोरी गरी लुकाई राखेका मोटरसाइकल सहित सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं,भक्तपुर र ललितपुरका विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुले चोरी गरेको ४ थान मोटरसाइकल र २ थान स्कुटर लुकाइ राखेको अवस्थामा फेला पारि उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया