आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने पक्राउ

लोकपथ
217
Shares

काठमाडौं । मकवानपुरमा आठ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन् ।

आठ वर्षीया बालिकालाई बाल यौन दुर्व्यवहार गरेको अभियोगमा थाहा नगरपालिका-६ लिलाखेल बस्ने २६ वर्षीय राजु बलामीलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राजुले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?