संवैधानिक इजलासका न्यायाधीशमाथि प्रश्न, प्रधानन्यायाधीश र बारका अध्यक्षबीच छलफल

लोकपथ
140
Shares

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारबीच छलफल भइरहेको छ ।

इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका सम्बन्धमा राणा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल भइरहेको हो ।

प्रतिनिधि सभा विघटनकाविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा भइरहेको बहसका क्रममा न्यायाधीशद्व बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठेको थियो । त्यसै विषयमा सोमवार पनि छलफल भएको थियो । तर सोमवारको छलफलले पूरानै टीमले बहस गर्ने निर्णय भएको थियो ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा शुक्रवारदेखि सुनुवाइ शुरु भएको हो । आज तेस्रो दिन पनि सुनुवाइ शुरु गर्नुपुर्व बारका अध्यक्ष शाक्य प्रधानन्यायाधीश राणलाई भेट्न पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?