जनचासोका बिषयमा राष्ट्रपतिको अग्रसरतालाई अन्यथा मान्नुहुन्न : योगेश भट्टराई

लोकपथ
245
Shares

काठमाडौं । नेकपा(एमाले)का नेता योगेश भट्टराईले सामाजिक सद्भाव र जनचासोको विषयमा राष्ट्रपतिको अग्रसरतालाई अन्यथा मान्नु नहुने बताएका छन् ।

भट्टराईले मंगवार ट्वीट गर्दै राष्ट्रपतिले कोभिड १९ विरुद्धको खोपको लागि देखाएको सक्रियतालाई अन्यथा लिनुनहुने बताएका हुन् । उनले राजनीतिक बिषयमा राष्ट्रपतिको अधिकार र सक्रियतालाई संबिधानले नै सीमाबद्ध गरिदिएको पनि बताए ।

‘राजनीतिक बिषयमा राष्ट्रपतिको अधिकार र सक्रियतालाई संविधानले नै सीमाबद्ध गरिदिएको छ ।’ उनले भने, ‘सामाजिक सद्भाव, राष्ट्रिय एकता र जनचासोका बिषयमा राष्ट्रपतिको अग्रसरताले सार्थक परिणाम आउँछ भने त्यसलाई अन्यथा मान्नु हुन्न । खोपका लागि राष्ट्रपतिको सक्रियतालाई यसरी नै बुझ्ने की ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?