हेर्नुहोस् आजका टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
35
Shares

काठमाडौं । लोकपथ डटकमले प्रत्येक दिन दिनभर प्रकाशित मध्ये १५ समाचारको शीर्षक प्रकाशन गर्दै आएको छ । हेर्नुहोस् आजका टप १५ हेडलाइन्सहरु

१.कोरोनाबाट थप ११४ जनाको मृत्यु, थपिए ४ हजार ७ सय ६२ संक्रमित

२. सरकारले भोट आकर्षित गर्ने घटिया काम नगर्ने प्रधानमन्त्री ओलीको स्पष्टोक्ति, चुनावका लागि भनेर सरकारले पपुलिस्ट काम नगर्ने दाबी

३. लुम्बिनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी, नेकपा एमालेका उमेद्वार चन्दबहादुर खड्का पराजित

४. पार्टीमा आन्तरिक कलह चुलिएका बेला जसपा अध्यक्ष महन्त ठाकुर पक्षका नेताद्वारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता, जसपा सरकारमा जाने विषयमा छलफल ।
५. एमाले प्रदेश कमिटीद्वारा सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी ६ मन्त्रीलाई कारवाही गर्न सिफारिस, साधारण सदस्यबाट समेत हटाउन केन्द्रमा ताकेता ।

६. यसवर्ष पनि एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने शिक्षा मन्त्रालयको निर्णय, मन्त्रिपरिषद् बैठकले पारित गरेपछि मूल्याङ्कन प्रक्रिया सुरु हुने

७. जसपालाई विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको पर्यटनमन्त्री भानुभक्त ढकालको आरोप, ताजा जनादेशमा जानुपर्नेमा मन्त्री ढकालको जोड ।

८. गण्डकी प्रदेश सभामा आज आर्थिक वर्ष २०७८÷७९ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत, कोरोना महामारी र विकास पूर्वाधारलाई प्राथमिकता ।

९. आर्थिक वर्ष २०७८÷७९ को बजेटप्रति साना तथा मझौला व्यवसायी उत्साहित, सहुलियत कर्जाका लागि १३ अर्व विनियोजन भएकोमा व्यवसायीलाई राहत ।

१०. बजेटमा समावेश योजना तथा कार्यक्रम जनमत प्रभावित गर्ने दुराशययुक्त भएको कांग्रेसको टिप्पणी, नागरिकको थाप्लोमा रिणको बोझ बढाएको आरोप

११. राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशसँग कोरोनाविरुद्धको खोपका लागि अपील गरेकोप्रति नेता डा. भीम रावलको आपत्ति, कार्यकारी प्रमुखझैँ खोपका लागि पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको जिकीर

१२. पसलबाट मदिरा चोरेको आरोपमा असईसहित ३ जना प्रहरी निलम्बनमा, पसल बन्द गराउँदै धम्की दिएर भोड्का चोरेको भिडियो सामाजिक संजालमा भाइरल

१३. कोरोनाको घातक स्वरूप देखिएपछि भियतनामले हो चि मिन्ह सहरका पूरै बासिन्दामा परीक्षण गर्ने, नयाँ स्वरुपको कोरोना हावामार्फत तीव्र रुपमा फैलिन सक्ने ।

१४. चीनमा बच्चा जन्माउने नीतिमा परिवर्तन,यसअघि २ जनामात्रै बच्चा जन्माउने नीति रहेकोमा अव प्रत्येक जोडीले ३ जना जन्माउन पाउने ।

१५.रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर सर्जियो रामोसले रियल म्याड्रिड छाड्ने, रियलसँगको १६ वर्षे यात्रामा लगाए पूर्णविराम ।

https://www.facebook.com/lokpath/videos/354460332681044

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?