काठमाडौं । विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्जवल थापाको स्वास्थ्य अवस्था अत्यन्त जटिल भएपनि चिकित्सकहरुले हरसंभव प्रयास गरिरहेको बताएका छन् ।
कोरोनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपनि भाइरसले त्यसअघि दीर्घकालिन क्षति गरिसकेको मेडिसिटी अस्पतालले जनाएको छ ।
कोरोना संक्रमण पुष्टि भइ स्वास्थ्य अवस्था जटिल भएसँगै अहिले भेन्टिलेटर र इक्मो विधिबाट उपचार भइरहेको छ ।
हाल नेता थापाको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
आज अस्पतालले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरु हरसंभव प्रयाशमा छन्। तपाईँ हाम्रो प्रार्थना र सकारात्मक उर्जा कायम राखौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया