‘एमालेको सिता खाने अनि उता देउवाको गिता गाउने ?’

लोकपथ
217
Shares

काठमाडौं । एमाले नेता एवम सांसद महेश बस्नेतले माधव पक्षका सांसदहरुलाई चेतावनी दिएका छन् । सोमवार राष्ट्रिय युवा संघको बैठकमा बोल्दै युवा संघका संस्थापक अध्यक्षसमेत रहेका बस्नेतले एमालेको सिता खाने अनि उता देउवाको गिता गाउने भन्दै माधव पक्षका सांसदहरुलाई चेतावनी दिएका हुन् ।

‘एमालेको सिता खाने अनि उता देउवाको गिता गाउने यो कम्युनिस्ट आन्दोलनलाई शेरबहादुर देउवाको पाउमा चढाउने दुस्चक्र गर्नुभएको छ यो इतिहासले माफी दिँदैन’, बस्नेतले भने ।

उनले हिजो प्रतिगमन सच्चियो भनेर राजाका शिरमा दाम चढाउनु गएका माधव नेपाल र हिजो दरबारलाई प्रजातन्त्र बुझाउने देउवाहरु वर्तमान सरकार ढाल्न सांसद खरिदबिक्री गर्न लागेको आरोप लगाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?