लुम्बिनी प्रदेश राष्ट्रिय सभा उपनिर्वाचन : खड्कालाई हराउँदै पाण्डे विजयी

लोकपथ
469
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार दृगनारायण पाण्डे निर्वाचित भएका छन् ।

उनले एमालेका उम्मेद्वार चन्द्रबहादुर खड्कालाई ५ सय ४६ मतभारले हराउँदै विजयी भएका हुन् ।

खड्काले ३५ सय ९४ मत प्राप्त गरेका थिए भने पाण्डेले ४१ सयले ४० मत प्राप्त गर्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?