‘कार्यकारी प्रमुखझैँ राष्ट्रपतिले खोपका लागि याचना गर्नु संविधान र प्रणालीको उल्लंघन’ !

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशसँग कोरोनाविरुद्धको खोपका लागि अपील गरेकोप्रति आपत्ति जनाएका छन् ।

कोरोना महामारीबाट त्रसित जनताको मनोदशाको शोषण गरेको आरोप लगाउँदै कार्यकारी प्रमखु झैँ खोपका लागि पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको बताए ।

सोमवार दिउँसो (आज) ट्वीट गर्दै नेता रावलले भनेका छन्को- ‘रोनाबाट त्रसित जनताको मनोदशाको शोषण गर्दै राष्ट्रपतिले कार्यकारी प्रमुख झैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन हो।’

राष्ट्रपतिले खोपका लागि विभिन्न देशका समकक्षीहरुलाई याचना गर्नु प्रधानमन्त्री र सरकार निकम्मा भइ राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा सरकार अग्रसर भएको भन्ने गम्भीर प्रश्न उठ्ने बताए ।

‘यसले,के प्रमं र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर हो भन्ने गम्भीर प्रश्न उठ्छ।नेता रावलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?