डाक्टर लाइभ २४ एपबाटै चिकित्सकीय सेवा

लोकपथ
871
Shares

कोरोना सङ्क्रमणका कारण अहिले बिमारीहरू अस्पताल पुगेर चिकित्सकसँग परामर्श र परीक्षण गर्न सकिरहेका छैनन् । गत वर्ष देखि देखिएको यस किसिमको समस्यालाई समाधान गर्न ‘डाक्टर लाइभ २४’ एप, गुगल प्ले र एप स्टोरमा उपलब्ध रहेको छ ।

टेलिमेडिसिनको अवधारणामा आएको यो एप डाउनलोड गरेपछि प्रयोगकर्ताले लिस्टमा भएका जुनै पनि विशेषज्ञ चिकित्सकसँग अनलाइन मार्फत परामर्श र थप उपचार गराउन सक्नेछन् । आपतकालिन अवस्थामा समेत चिकित्सकसंग परामर्श गर्ने व्यवस्था एपमा रहेको छ । यो वाहेर एपले घरमै स्वास्थ्यकर्मी बोलाएर विभिन्न किसिमको परीक्षण समेत गराउन मिल्ने व्यवस्था रहेको छ ।

यो किसिमको एप सम्भवतः नेपालमा मात्र नभएर विश्वमै पहिलो पटक तयार गरिएको ‘डाक्टर लाइभ २४’ को ग्रुप क्लस्टर मेनेजर निशा गुरुङले जनाइन् । यो एपको प्रयोगले ग्रामीण क्षेत्रमा रहेका व्यक्तिले पनि सोझै विशेषज्ञ चिकित्सकसँग परामर्श र परीक्षणका लागि समय मिलाउन सक्ने छन् ।

यो एपमा अनलाइनमा रहेको बेला विशेषज्ञ चिकित्सकसँग प्रयोगकर्ताले सोझै परामर्श गर्न पाउने सुविधा पनि रहेको छ । अधिकांश व्यक्तिहरूले चिकित्सकको परीक्षण विना नै औषधि बिक्रेताको सल्लाहमा औषधि सेवन गर्दै आएका छन् । तर यो एप मार्फत परीक्षण गर्ने व्यक्तिले डिजिटल प्रेसकिप्सन पाउने हुनाले औषधिमा झुक्किने र भ्रममा पर्ने समस्या समेत नरहने गुरुङ बत्ताउँछिन् ।

आफूले छानेको चिकित्सकसँग परामर्श गर्नु परेमा प्रयोगकर्ताले पहिला परीक्षण गरेका रिर्पोटहरुलाई एपमा अपलोड गरेर चिकित्सकलाई देखाउन समेत सक्छन् भने एपमा सुरक्षित राखेर भविष्यमा गरिने थप परीक्षणलाई सजिलो समेत बनाउन सक्छन् ।

कोरोनाको सङ्क्रमण बढेको अवस्थामा ‘डाक्टर लाइभ २४’ ले अहिले घरमै प्राविधिक टोली बोलाएर पिसिआर परीक्षण गर्ने सुविधा सञ्चालन गरेको छ । परीक्षण गरेको शुल्क ई सेवा र खल्तीबाट सोझै तिर्न समेत सकिने मेनेजर गुरुङले जानकारी दिइन् । गुरुङका अनुसार कोभिड सङ्क्रमित भएको व्यक्तिलाई निःशुल्क चिकित्सकीय अनलाइन परामर्श समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?