लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचन : नेपालगञ्जका मेयरले मतदान नगर्ने घोषणा

लोकपथ
91
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले मतदान नगर्ने भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित मेयर राणाले आफ्नो पहिलो प्राथमिकता कोरोना महामारीसँग जुध्ने भएको भन्दै राणाले मतदान नगर्ने घोषणा गरेको हुन् ।
त्यस्तै कोरोना महामारीको यो अवस्थामा कांग्रेस, एमाले र माओवादीको जुधाईले आफू उक्त निर्णयमा पुगेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै भनेका छन्- ‘आजहुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन।मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासंग जुध्ने रहेकोले काग्रेस,एमाले र माओवादीको यो अबस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु,धन्यवाद!!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?