एकै व्यक्तिले कोभिशील्ड र भेरोसेल खोप लगाउनु हुन्छ कि हुँदैन ? यसो भन्छन् विज्ञ

काठमाडौं । कोरोना भाइरसका कारण सारा विश्व लगायात नेपालपनि आक्रान्त छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार हालसम्म नेपालमा ५ लाख ५७ हजार १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कूल संक्रमित मध्ये ४ लाख ४० हजार ९ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै नेपालमा हालसम्म ७ हजार २ सय ७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा २८ लाख २ हजार ५ सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानाकरी दिए ।

नेपालमा हाल भारतमा उत्पादित आस्ट्राजेनेकाको कोभिशील्ड र चिनियाँ भेरो सेल खोप कोरोना भाइरसविरुद्ध दिइँदै आइएको छ ।

धेरै मानिसहरुले सामाजिक सञ्जालमायी दुवै खोप लगाउँदा झन् प्रभावकारी हुनसक्ने बताइरहेका छन् त कसैले झन दुबै डोजको रियक्सनले असर गर्छ भन्ने तर्क गरिरहेका छन् ।

खोप

तर सरकारले भने खोपको पहिलो मात्रा प्राप्त गरेका व्यक्तिले त्यही खोपको दोस्रो मात्रा लगाउनुपर्ने बताइरहेको छ । पहिलो मात्रा कोभिशील्ड लगाएकाले दोस्रो मात्रा पनि कोभिशील्ड नै र भेरो सेल लगाएकाले भेरो सेल नै लगाउनु पर्ने सरकारको भनाइ छ ।

दुवै खोप लगाउनु हुन्छ कि हुँदैन ? भन्ने लोकपथको प्रश्नमा स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले दुई वटा खोप मिसाउँदा के हुन्छ भन्ने विषयमा अन्ताराष्ट्रिय स्तरमै अध्ययन भइरहेको बताए ।

हालसम्म दुवै खोप लगाउनु हुन्छ कि हुँदैन भन्नै विषय अध्ययनकै विषय रहेको छ । अध्ययन पुर्वनै हामीले लगाउन हुन्छ या हुन्न भन्न् मिल्दैन । डा. मेघनाथ धिमालले बताए ।

हालसम्म कुनै पनि मुलुकले दुई खोप मिसाएर लगाउन नभनेको र खोप मिसिँदा के हुन्छ भन्ने विषयमा केही भनिहाल्न अप्ठ्यारो रहेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिशील्ड र भेरोसेल फरक किसिमका खोप हुन। कोभिशील्ड पुन: संयोजित खोप हो भने भेरो सेल निष्क्रिय पारिएको भाइरसनिर्मित खोप हो ।

दुवै खोपका दुई मात्रा लगाउनुपर्ने हुन्छ। कोभिशील्डका मात्रा आठदेखि १२ हप्ता भित्रमा लिइसक्नुपर्छ भने भेरो सेलका दुई मात्रा चार हप्तामा लगाउनुपर्ने मन्त्रालयले बताएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि फरक खोप लागाउन हुन्छ वा हुन्न भन्ने अनुसन्धानकै विषय रहेकाले दुई फरक खोप प्रयोग नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?