मिलेका एमाले र माओवादी केन्द्रले किन बोलाए दुईतिर बैठक ?

काठमाडौं,२१ असोज– माओवादी केन्द्र र नेकपा एमालेले आज छुट्टाछुट्टै बैठक बोलाएको छ । एमाले स्थायी समिति बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ भने माओवादी पोलिटब्यूरोको बैठक राष्ट्रिय सभागृहमा उही समयमा बोलाइएको छ । दुबै बैठकमा आगामी प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा वितरण गरिने टिकट र गठबन्धनका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । दुई पार्टी मिलेर मंगलबार बाम लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको थियो भने निकट भविष्यमै एकता समेत गर्ने बताइएको छ । अहिले दुई पार्टी साझा उम्मेदवार तय गर्न जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?