आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक सर्‍यो, भोलि बस्ने

लोकपथ
63
Shares

काठमाडौं । नेकपा(एमाले)को स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।

आजको लागि बोलाईएको बैठक सरेको हो । भोलि (मंगलवार) बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । आइतबार बोलाइएको बैठक आजसम्मका लागि सारिएको थियो ।

नेकपा(एमाले)का माधव नेपाल समुहका १२ जना नेताहरुलाई स्पष्टिकरण सोधिएको भएपनि स्पष्टिकरण बुझाएका छैनन् । ति नेताहरुलाई बैठकले कारबाही गर्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?