काठमाडौं । भारतमा कोरोना संक्रमणको दर घटेको छ ।
भारतमा लगातार चार लाखभन्दा बढी दैनिक संक्रमितबाट घटेर हाल संक्रमितको संख्या दुई लाखको हाराहारीमा हुन थालेको छ ।
पछिल्लो २४ घण्टामा १ लाख ५३ हजार ४८५ जनामा संक्रमण पुष्टि भएको छ ।
भारतमा जम्मा संक्रमितको संख्या २ करोड ८० लाख ४६ हजार ९५७ पुगेको छ । मृत्युदर पनि घटेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ हजार १२९ रहेको छ ।
हालसम्म भारतमा कोरोना संक्रमणबाट ३ लाख २९ हजार १२७ जनाको मृत्यु भईसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया