कोरोना महामारीकाबीच हुम्लामा मूल्यवृद्धि

RSS
56
Shares

हुम्ला । कोरोना महामारीका कारण नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग हुँदै ल्याउने दैनिक उपभोग्य सामाग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

हवाई यातायातबाट आउने तेल, साबुन, चामल, मैदा, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्थानीयबासीले जनाएका छन् ।

नमूना विद्यालयको शिलान्यास

सदरमुकामस्थित सिमिकोट नमूना आवासीय विद्यालयको भवनको शिलान्यास भएको छ । सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले उक्त शिलान्यास गर्नुभएको थियो ।

संघीय सरकारको एक करोड २६ लाख आर्थिक सहयोग र सिमिकोट गाउँपालिकाको समन्वयमा उक्त भवन निर्माण हुने पालिकाका निमित कार्यकारी प्रमुख उजिर रोकायाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?