काठमाडौं । कोरोनाका कारण सबै भन्दा धेरै प्रभावित देश हो अमेरिका । अमेरिकामा हालसम्म ३ करोड ४० लाख ३५ हजार ६ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २ करोड ७८ लाख १८ हजार ९ सय ६६ जना कोरोना संक्रमण मुक्त भएका छन् । ६ लाख ९ हजार ४ सय २९ जनाको मृत्यु भएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म विश्वभर १७ करोड ७ लाख ३६ हजार २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये हालसम्म १५ करोड २७ लाख २८ हजार १ सय ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै हालसम्म विश्वभर ३५ लाख ५० हजार ६ सय ५० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया