काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँललाई मातृशोक परेको छ । नेकपा (एमाले)का केन्द्रीय सदस्य फुयाँलकी आमा नन्दकुमारीको आज ८९ वर्षका उमेरमा निधन भएको मन्त्री फुयाँलको सचिवालयले जनाएको छ ।
मन्त्री फुयाँलकी आमाका निधनमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दुःख व्यक्त गर्दै उनको निधनका खबरले आफूलाई मर्माहत तुल्याएको जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया