हेर्नुहोस् आजको टप १५ हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
119
Shares

१.पार्टीभित्र नेतृत्व तहबाटै अनुशासनहीन काम भएको प्रधानमन्त्री ओलीको भनाई, अनुशासनहीनता देशकै लागि अनिष्ट भएको दावी ।

२. विपक्षी गठबन्धनद्वारा देश र जनतालाई दिर्घकालीन असर पर्ने काम नगर्न सरकारलाई चेतावनी,सरकारका अलोकतान्त्रिक काममा सहभागि नहुन राज्यका सवै अंगलाई आग्रह

३. प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमाथि प्रश्न उठेपछि आइतबार मूल मुद्दामा बहस भएन,रिटमा सुनुवाइका लागि पेशी मंगलबारलाई तोकियो ।

४. बजेट कार्यान्वयनमा शंका नगर्न अर्थमन्त्री पौडेलको आग्रह,बजेट सुनाउनका लागि मात्रै नभएको दावी ।

५. लुम्विनी प्रदेशमा राष्ट्रिय सभाको उपनिर्वाचन भोलि हुँदै,निर्वाचनका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगको भनाई ।

६. आइबार कोरोनाका ४ हजार ३ सय ६९ जना नयाँ संक्रमित थपिए, १ सय ९ जनाको मृत्यु, ६ हजार ५ सय ७ जना संक्रमण मुक्त ।

७. बजेटबारे सरोकारवालाहरुको मिश्रित प्रतिक्रिया,कार्यान्वयनको पक्ष चुनौती रहेको उद्योगी व्यवसायीको टिप्पणी

८. नेपालमा कोरोना परीक्षण दर घट्यो,परीक्षण घटेसंगै संक्रमित पनि घटे ।

९.सर्लाहीको हरिवन नगरपालिकाका एकै परिवारका १४ जना कोरोनाबाट संक्रमित,संक्रमित हुनेमा ५१ वर्षीय हजुरवुबा देखि ९ वर्षीया नितिनीसम्म ।

१०. चिकित्सकको सुरक्षाका लागि सात दिन भित्र अध्यादेश ल्याउन नेपाल चिकित्सक संघको सरकारसंग माग, सरक्षित तवरले काम गर्न नपाए आन्दोलन गर्ने चेतावनी

११. आइतवार नेपाली बजारमा सुनको भाउ बढ्यो,छापावाल सुन प्रतितोला ९४ हजार रुपैयँमा कारोबार ।

१२. बजेट भाषणको भोलीपल्ट आइतबार नेपाली शेयर बजारमा नयाँ रेकर्ड,एकै दिन १७ अर्व २ करोड ८४ लाख बढीको शेयर कारोबार ।

१३.बेलायतका प्रधानमन्त्री जोनसन विबाह बन्धनमा बाँधिए,प्रेमिका क्यारी साइमन्डसँग गाँसे लगनगाँठो ।

१४. युद्धग्रस्त मुलुक अफगानिस्तानको लमघन प्रान्तमा तालिवानी विद्रोहीमाथि अफगानी सेनाको कारवाही, कारवाहीमा ९ जना तालिवानीको मृत्यु ।

१५. युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिस क्लब चेल्सीले उचाल्यो,चेल्सी दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?