को हुन् ब्रिटिश प्रधानमन्त्री जोनसनकी श्रीमती ?

काठमाडौं । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले प्रेमिका क्यारी साइमण्ड्ससँग वेस्टमिनस्टर गिर्जाघरमा एक गोप्य समारोहबीच विवाह गरे । विवाह शनिवार अपराह्न एउटा सानो समारोहमा भएको ब्रिटिश प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयको एक प्रवक्ताले अर्को वर्ष प्रधानमन्त्री दम्पतीले परिवार र साथीहरूसँग विवाहको उत्सव मनाउने बताएका छन । दुई सय वर्षभन्दा लामो समयपछि ब्रिटिश प्रधानमन्त्रीको पदमा रहँदा विवाह गर्ने जोनसन पहिलो व्यक्ति बनेका छन । खोपमन्त्री नदीम जाहावीले यसलाई ‘गजबको समाचार’ भन्दै बधाई दिएका छन । उनले स्काई न्यूजलाई आफूलाई निमन्त्रणा नआएको बताए ।

ब्रिटिश प्रधानमन्त्री जोनसन र उनकी श्रीमती क्यारी साइमण्ड्स

यो जोनसनको तेस्रो विवाह हो । रोमन क्याथोलिक चर्चले पहिलेका विवाह आफ्नो गिर्जाघरमा नभएको भए पारपाचुके गरेका व्यक्तिलाई विवाह गर्ने अनुमति दिन्छ ।

मन्त्री टेरेज कोफी र नर्दन आयरल्याण्की प्रथम मन्त्री अर्लिन फोस्टरले ट्विट गर्दै विवाहका लागि जोनसोनको जोडीलाई बधाई दिएकी छिन् ।

को हुन क्यारी साइमण्ड्स ?

क्यारी साइमण्ड्स स्वतन्त्र पत्रिकाका संस्थापक मैथ्यू साइमस र जोसेफिन म्याकफीकी छोरी हुन् । हाल उनी ३३ वर्षकी भएकी छिन् । उनी दक्षिण पश्चिम लण्डनमा हुर्कीएकी हुन् । उनले वारविक विश्वविद्यालयमा कला, इतिहास र थिएटर अध्ययन गरेकी छिन् ।

राजनीतिमा उनले पहिलो जागिर रिचमण्ड पार्क र उत्तर किङ्स्टनका सांसद जैक गोल्डस्मिथका लागि काम गरेकी थिइन् ।२०१० मा प्रेस अफिसरको रुपमा उनी कन्जर्वेटिभ पार्टीमा सम्मिलित भएकी थिइन् । र त्यसको २ वर्षपछि लण्डनमा भएको निर्वाचनमा जोनसनलाई पुन मेयरमा निर्वाचित हुन सहयोग गरेकी थिइन् ।

ब्रिटिश प्रधानमन्त्री जोनसनकी श्रीमती क्यारी साइमण्ड्स

दम्पतीको सम्बन्ध कहिले सार्वर्जनिक भएको थियो ?

दुबैजना २०१९ मा उनीहरु दुवैको मिडियामार्फत आफ्ना प्रेम सम्बन्ध सार्वजनिक गरेका थिए । उनीहरुले सार्वजनिक स्थानमा एक अर्कालाई चुम्बन गरेको तस्वीरले निकै चर्चा पाएको थियो ।

जोनसन र क्यारीले सार्वजनिक स्थानमा एक अर्कालाई चुम्बन गरेको तस्वीर

गत वर्ष फेब्रअरीमा उनीहरूले आफूहरूको स्वयंवर भएको र साइमण्ड्स गर्भवती रहेको खुलाएका थिए । उनीहरूले छोरो विलफ्रिड गत अप्रिलमा जन्मिएका थिए ।

त्यस्तै, जोनसन र उनकी दोस्रो पत्नी मारिना व्हीलरले २५ वर्ष पछि २०१८ मा सम्बन्धविच्छेद गरेको घोषणा गरेका थिए । मारिनासँग हुँदा जोनसनका ४ जना सन्तान थिए ।

जोनसन र उनकी दोस्रो पत्नी मारिना व्हीलर

यो पनि पढ्नुहोस् : बेलायतका प्रधानमन्त्री जोन्सनले गरे प्रेमिका क्यारीसँग विवाह

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?