पूर्वी अफगानिस्तानमा नौ जना तालिबानी लडाकू मारिए

लोकपथ
70
Shares

काबुल । युद्धग्रस्त मुलुक अफगानिस्तानको लघमन प्रान्तको अलिसिङ जिल्लामा अफगानी सेनाले आइतवार गरेको कारवाहीमा कम्तीमा नौ जना तालिबानी लडाकू मारिएका छन् ।

प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा तालिबानी लडाकू लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले कारवाही गरेको उल्लेख छ ।
विज्ञप्तिमा आइतवार बिहान अलिसिङ जिल्लाको नाजिल गाउँमा सेनाले गरेको कारवाहीमा तालिबानी लडाकू मारिएका तर सर्वसाधारण र सुरक्षाफौज तर्फ कुनै क्षति नभएको जनाइएको छ ।

राजधानी काबुलबाट करिब ९० किलोमिटर पूर्वतर्फ रहेको लघमन प्रान्तको मेहतारलाम शहरलाई केन्द्रित गरी गत महिनादेखि सरकारी र तालिबानी फौजबीच भिडन्त हुने गरेको छ । तालिबानीले लघमनको मेहतारलाम शहर कब्जा गर्न प्रयास गरिरहेका छन् तर सरकारी फौजलाई त्यसलाई असफल तुल्याउँदै आएको छ ।

तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?