बाँके । कोरोना संक्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर घटेको छ । दैनिक १५ देखि १७ जनासम्मको मृत्यु हुने गरेकामा अहिले घटेको हो । गएरातिदेखि आज बिहानसम्म चार जनाको मात्र मृत्यु भएको अस्पतालले जनाएको छ । ती मृतक दाङ, बर्दिया र सल्यानका छन् भने पछिल्लो २४ घण्टामा बाँकेका संक्रमितको मृत्यु शून्य छ ।
जिल्लाका अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृत्यु हुने अधिकांश बाहिरी जिल्लाका सङ्क्रमित रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार, कोरोना संक्रमणबाट हालसम्म जिल्लाका २८८ जनाको मृत्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि आएका २७९ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ४ निवासी ४२ वर्षीया महिला गएराति ११ बजे मृत्यु भएको छ । यसैगरी भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बर्दिया बाँसगढी नगरपालिका– ३ का ४२ वर्षीय पुरुष, सल्यान बागचौर नगरपालिका– ८ का ६१ वर्षीय पुरुष र बर्दिया बढैयाताल गाउँपालिका– ५ का ५८ वर्षीया महिलाको आज बिहान मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया