काठमाडौैं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा बहस गर्न गठन गरिएको संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशहरुमाथि प्रश्न उठेको छ ।
संसद विघटनविरुद्धको मुद्दामा दोस्रो दिनको सुनुवाइका क्रममा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठाइएको हो ।
आजको बहसका क्रममा अधिवक्ता गोविन्द बन्दीले न्यायाधीशद्वय श्रेष्ठ र केसीमाथि प्रश्न उठाउदै बहस गर्न नपाउने समेत जिकिर गरेका छन् ।
यसअघि शुक्रवारको बहसमा पनि न्यायाधीश श्रेष्ठले नेकपा बदर सम्बन्धी मुद्दाको फैसला गरेको प्रति आपत्ति जनाउँदै संवैधानिक इजलासमा राख्न नहुने बताएका थिए ।
त्यसैक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मुद्दाको फैसलाको आधारमा कसैलाई पनि राम्रो नराम्रो भन्न नपाउने बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया