काठमाडौं । विपक्षी गठबन्धनका नेताहरुको छलफल जारी छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा नेताहरुबीच छलफल चलिरहेको हो । छलफलमा कांग्रेसका तर्फबाट सभापति देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, पुष्पा भुसाल, राधेश्याम अधिकारी लगाउतको सहभागिता रहेको छ ।
त्यसैगरी माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, देव गुरुङ, कृष्णबहादुर महरा तथा एमालेको नेपाल–खनाल पक्षबाट नेता माधवकुमार नेपाल र भीम रावलको सहभागिता रहेको छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि छलफलमा सामेल रहेका छन्। संसद विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइका सन्दर्भमा थप रणनीति बनाउन विपक्षी दलका नेता छलफलमा जुटेको बताइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा गत प्रतिनिधि सभा विघटन गरेपछि ५ दलका १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटबारे आज पनि सर्वोच्चमा सुनुवाई हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया