गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आजदेखि शुरु

लोकपथ
117
Shares

पोखरा । गण्डकी प्रदेशसभाको बर्खे (बजेट) अधिवेशन आइतबारदेखि शुरु हुँदै छ ।

अधिवेशनको पहिलो दिन मुख्यमन्त्री र अन्य दलका नेताले बोल्ने कार्यसूची रहेको छ ।

सोमबारको बैठकमा भने गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्ययोजना रहेको बताईएको छ ।

अधिवेशनले नीति तथा कार्यक्रमसँगै आगामी वर्ष २०७८/७९ को बजेट ल्याउनेछ । विधेयक पारित गर्ने र नयाँ विधेयक ल्याउने तयारी पनि सरकारे गरेको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख २९ मा संसद्को सबैभन्दा ठूलो दलको हैसियतले शपथ लिएका थिए । उनले प्रदेशसभाबाट जेठ २९ सम्म विश्वासको मत लिनुपर्ने पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?