आजको मौसम : देशभरका केही स्थानमा वर्षाको सम्भावना

लोकपथ
133
Shares

काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी प्रदेशको एक दुई स्थानमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहनुका साथै प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

हाल देशमा चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?