प्रादेशिक अस्पतालबारे अध्ययन गर्न ३ सदस्यीय समिति गठन

जनकपुरधाम । २ नं। प्रदेश सरकारले प्रादेशिक अस्पतालको अध्यययन गरी सेवा सुविधा सुधारका लागि भावि कार्ययोजना तयार गर्नका तिन सदस्यीय समिति गठन गरेको छ ।

प्रादेशिक अस्पतालको समग्र सुधारको लागि भावी कार्ययोजना सम्बन्धी प्रतिवेदन तयार गर्न प्रदेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा। राम केवल साहको संयोजकत्वमा तिन सदस्यीय समिति गठन गरेको हो । समितिको अन्य सदस्यहरुमा सामाजिक विकास मन्त्रालयका सचिव इम नारायण श्रेष्ठ र प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा रहेका छन् । समितिलाई अस्पतालको उपचार, कर्मचारी व्यवस्थापन, प्रतिष्ठान अन्तर्गत गएपछि गरिनुपर्ने संरचनागत परिवर्तन लगायतका विषयहरुलाई समेटेर प्रतिवेदन गरी बुझाउन ४ दिनको समय दिईएको छ ।

शुक्रबार अधिवक्ता राजकुमार महासेठले कोरोना संक्रमण फैलिरहेको समयमा बिरामीको उपचारमा वेवास्ता गरिएको र बिरामीलाई अन्य अस्पतालमा रिफर गरिएको भन्दै प्रादेशिक अस्पताल जनकपुरधाम र मुख्यमन्त्री तथा मन्त्रीपरिषदलाई बिपक्षी बनाई रिट दायर गरेका थिए । सो रिटमा सुनुवाइ गर्दै अदालतले प्रत्येक साता अस्पताललाई प्रतिवेदन बुझाउन आदेश दिएको थियो । उच्च अदालत जनकपुरले अस्पतालको गतिविधि बारे प्रतिवेदन पेस गर्न प्रदेश सरकारलाई आदेश दिएसँगै प्रदेश सरकारले तिन सदस्यीय समिति गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?