कोरोना संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

लोकपथ
7
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएपछि विराटनगरको एक परिवार उजाडिएको छ । विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृत्यु भएको हो ।

परिवारका अभिभावक आमा ,छोरा र बुहारीको चारदिनको बीचमा संक्रमणका कारण मृत्यु भएको आफन्त अरुण न्यौपानेले बताए ।

न्यौपानेका अनुसार परिवारका चार सदस्यमा कोरोना संक्रमण भएपछि ८१ वर्षीय आमा,६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।तर चार दिनको बीचमा उनीहरु मध्ये संक्रमणका कारण मंगलबार छोरा, विहीबार आमा र शुक्रबार बुहारीको मृत्यु भएको छ । उनीहरुका छोरो भने अस्पतालमा उपचाररत रहेका छन् ।

संक्रमणका कारण आमा बुबाको मृत्यु भएपनि छोरा अस्पतालमा रहेकाले दागवत्ति दिनपनि छोराले नपाएको आफन्त न्यौपानेले बताए ।

‘कोराना संक्रमणबाट चार दिनको अन्तरालमा परिवारका तिन सदस्यले मृत्युबरण गर्नु प¥यो’आमा,बुबाको मृत्यु हुदा छोराले दागबतीसमेत दिन पाएनन्।’आफन्त र छिरछिमेकले अन्त्येष्टिमा सहभागी भएका छौ।’ उकोरोनाले ढुंगना परिवारको घर नै उडाजिदिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?