१. अर्थमन्त्री विष्णु पौडेलद्वारा अध्यादेश मार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत,गरीवलाई राज्य सुविधा परिचय पत्र प्रदान गरिने ।
२.सरकारद्वारा कोरोना रोकथाम र नियन्त्राणका लागि ३७ अर्व ५३ करोड बजेट विनियोजन, खोपको लागि बजेट अभाव हुन नदिने प्रतिवद्धता ।
३.शनिबार नेपालमा कोरोनाका ४ हजार ४ सय ८७ नयाँ संक्रमित थपिए,१ सय १६ जनाको मृत्यु,हालसम्म कूल संक्रमित मध्ये ४ लाख ३४ हजार ७ सय ५० जना निको भए ।
४.नेपालमा गणतन्त्र स्थापनाको १३ वर्ष पूरा,चप्पल पड्काएर हिड्ने नेताको जीवनशैली बदलियो, तर नागरिकका समस्या भने उस्तै ।
५. सरकारले जेष्ठ नागरिकको भत्ता बढाएर मासिक ४ हजार पुर्यायो,सवै प्रकारका रामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि ।
६.राष्ट्रपति भण्डारीबाट कोरोना खोपमा सघाउन आग्रह गर्दे अमेरिकी राष्ट्रपति वाइडेनलाई पत्र,नेपालप्रति सहनाभूति रहेको अमेरिकी विदेश मन्त्रालयको भनाई ।
७. जनता समाजवादी पार्टीमा आन्तरिक कलह चर्किदै, अध्यक्षद्वय यादव र ठाकूरबीच एक अर्कामा चौविस घण्टे स्पष्टीकरण सोध्ने होडबाजी ।
८.नेकपा एमालेका नेता घनश्याम भुसालको प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण, लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेको जवाफ
९. बागमती सफाइ अभियानको ४ सय २० हप्ता पुग्यो, निषेधाज्ञामा पनि सफाइमा निरन्तरता ।
१०.कोरोना भाइरस संक्रमण जोखिम नियनत्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको आज ३१ दिन पुग्यो, जनजीवन प्रभावित ।
११.अविरल वर्षाका कारण महोत्तरीका आधा दर्जन सरकारी कार्यालय डुवानमा,निरन्तरको वर्षाले किसानलाई पनि समस्या ।
१२.अमेरिकी राष्ट्रपति बाइडेनद्वारा ६० खर्व डलरको बजेट प्रस्तुत,सामाजिक खर्च र व्यवसाय करमा उच्च बृद्धि ।
१३. पछिल्ला दिनमा भारतमा कोरोना संक्रमितको संख्या घट्दै,कूल संक्रमित भने २ करोड ७५ लाख ५५ हजार भन्दा बढी पुगे ।
१४. नेपाल र इराकबीच आज मैत्रीपूर्ण फुटबल हुँदै, बलियो टीम मानिएको इराकलाई हराउन नेपाललाई चुनौती ।
१५. युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा आज म्यानचेष्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुँदै, दुवै टीम एक अर्कालाई हराएर उपाधि जित्ने दाउमा ।
https://www.facebook.com/lokpath/videos/117990293740244
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया