काठमाडौं । सरकारी कर्मचारीको तलब हाल कायम रहेकोमा २ हजार बढेको छ । आज आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले हाल कायम रहेकोमा २ हजार वृद्धि भएको जानकारी दिएका हुन् ।
आगामी आर्थिक वर्षको शुरु अर्थात साउन १ गतेबाट लागू हुने गरी राष्ट्र सेवक कर्मचारीको तलब बढेको जानकारी दिएका हुन् ।
२ हजारले बढेपछि कुन सरकारी कर्मचारीको तलब कति ?
मुख्यसचिवको तलब – ६७ हजार एक सय ३३ रुपैयाँ
सचिवको तलब – ६२ हजार ६ सय ७५ रुपैयाँ
सहसचिवको तलब – ४९ हजार तीन सय ७७ रुपैयाँ
उपसचिवको तलब – ४२ हजार तीन सय ७७ रुपैयाँ
अधिकृतको तलब – ३७ हजार नौ सय ९९ रुपैयाँ
नायब सुब्बाको तलब – ३० हजार दुई सय, रुपैयाँ
खरिदारको तलब – २८ हजार ६ सय चार रुपैयाँ
कार्यालय सहयोगीको तलब – २४ हजार आठ रुपैयाँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया