काठमाडौं । सरकारले २० हजार लिटरसम्मको खानेपनी निःशुल्क गर्ने घोषणा गरेको छ ।
त्यस्तै, साल्ट ट्रेडिङले बिक्री गर्ने सामानमा २० प्रतिशत छुट दिने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् । त्यस्तै,सरकारले बजेटमार्फत
पर्यटन व्यवसाय, सञ्चारगृह, हेल्थ क्लब, इजाजत र नवीकरण छुट दिइएको छ । त्यस्तै,होटलले आइसोलेसन बनाएमा होटललाई पैसा उपलब्ध गराइने भएको छ।
होटललाई उत्पादनमूलक क्षेत्रमा वर्गीकरण गरिएको छ। त्यस्तै,खाद्यान्न तरकारी ढुवानीमा २५ प्रतिशत अनुदान दिइने भएको छ । सरकारी गोदाम र घर भाडामा लिएकालाई दुई महिनाको भाडामा ५० प्रतिशत छुट उपलब्ध हुनेछ । सहुलियत कर्जा ऋणको लागि १३ अर्ब छुट्याइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया