२ वर्षभित्र सबै सामूहिक विद्यालयमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा

लोकपथ
221
Shares

काठमाडौं । सरकारले आगामी २ वर्षभित्र सबै सामूहिक विद्यालयमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गर्दैै यस्तो बताएका हुन् ।

पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् । यसका लागि चालु आर्थिक वर्षभित्र मुलुकभरका ६० प्रतिशत विद्यालयमा इन्टरनेट सेवा विस्तार गरिने अर्थमन्त्री पौडेलको भनाई छ ।

विद्यालय जान नपाउने विद्यार्थीका लागि नेपाल टेलिभिजनमार्फत् शैक्षिक सामग्रीको व्यवस्था मिलाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?