नेपालको कोरोना अपडेट: थप ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि, १ सय १६ जनाले गुमाए ज्यान

लोकपथ
427
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८० जना कोरोना संक्रमण मुक्त भएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय १६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कूल मृतकको संख्या ७ हजार १६३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?